पोउवा संघद्धारा एस मार्केटमा भएको क्षतिप्रति दुःख व्यक्त, क्षति न्यूनिकरणको तयारीमा लाग्न आग्रह

पोखरा, २९ साउन । पोखरा उद्योग वाणिज्य संघले पोखराको न्यूरोडमा रहेको एस मार्केटमा भएको आगलागीबाट भएको भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपत्तिबाट हुने क्षति कम गर्नको लागि पूर्वसावधानी र आवश्यक सामाग्रीको उचित प्रबन्ध हुनुपर्नेमा जोड दिएको छ ।

संघका अध्यक्ष दामु अधिकारीद्धारा जारी विज्ञप्तिमा आगलागीले संघका सदस्य प्रतिष्ठानहरु शुभ युनिक होम डेकोर (प्रोपाइटर लीलाधर ढुंगाना), ध्रुव इलेक्ट्रिक वक्र्स (प्रोपाइटर ध्रुबबहादुर थापा) सहित त्यहाँ रहेका विभिन्न व्यवसायीक फर्महरुमा करौडौँको क्षति भएको उल्लेख गर्दै पीडितहरुलाई सहयोग गर्न सम्बन्धित सबैसँग अनुरोध पनि गरिएको छ । विज्ञप्तिमा एक वर्षअघि पोखराकै सिद्धार्थचोक स्थित उज्यालो मिनीमार्केटमा आगजनी हुँदा करौडौ रुपैयाको क्षती भएको घटना स्मरण गराउँदै पोखराको समयमा दमकल पुगेको भए क्षति न्यूनिकरणमा सहयोग पुग्न सक्ने यथार्थताप्रति गम्भीर हुन पनि आग्रह गरिएको छ ।